असल सन्तान : बोधराज प्याकुरेल (लघुकथा)

असल सन्तान : बोधराज प्याकुरेल (लघुकथा)

कपन अनलाइन

काठमाडौं असार ९।

‘मान्छेहरु छोराछोरी खाडी मुलुक पठाउँदा त नाक फुलाउँदै हिड्छन्, हजुर भने त्यसै चिन्ता गर्नुहुन्छ ।’ सरस्वतीले भनिन् ।
कान्छो छोरोलाई अमेरिका पठाएदेखि सत्यदेव जतिखेरै चिन्तित देखिन्छन् । जेठो छोरो र छोरी केही वर्षदेखि क्यानाडामै छन् ।
‘मैले छोरोको चिन्ता गरेको होइन सरस्वती, आफ्नै चिन्ता गरेको हो ।’ उनले भने ।
‘फर्केर आउँदैनन्, बुढेसकालमा दुख पाइने भइयो भनेर चिन्ता गर्नु भएको ?’
‘त्यो पनि होइन, हेर्लान् नहेरे
पनि हामी दुईजनालाई बाँचुञ्जेल पेन्सनले पुग्छ ।’
‘अनि के को चिन्ता हो त हजुरको ?’
‘मैले छोराछोरीलाई कुनैकुराको कमि हुनदिइन । आफूले दुख गरेर पनि राम्रो स्कुल, कलेजमा पढाएँ तर तीनतीन जना सन्तानमध्ये एउटालाई पनि असल सन्तान बनाउन सकिनँ । म कस्तो अयोग्य  पिता !’ उनले गम्भीर हुदै
भने ।
‘के भन्नुभएको देवता जस्ता छोराछोरीलाई ?’ सरस्वतीले विष्मित भावमा सोधिन् ।
‘नराम्रा छन् कहाँ भनेको छु र तर एकजनाले पनि पढी सकेपछि बाबा म विदेश जान्नँ, यही बसेर आफ्नै  देसको सेवा गर्छु भनेनन् । यतिमात्र भन्न खोजेको हुँ मैले ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।