अन्नपूर्ण र कीर्तिपुर फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

अन्नपूर्ण गाउँपालिका र आयोजक कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० ले पराजित ग¥यो । अन्नपूर्णको जितमा राजु परियारले २३ अंक योगदान गरे ।
सुरुको क्वाटरमा २५–१८ को अग्रता लिएको अन्नपूर्णले अन्तिमसम्म अग्रतालाई जोगाउदै २९–२०, २१–१६ र २०–१६ को प्रदर्शन ग¥यो ।
अर्को सेमिफाइनलमा आशिष थापा मगरको ३४ अंक सहयोगमा कीर्तिपुरले नागर्जुन नगरपालिकालाई ७९–६५ ले हरायो ।
पहिलो क्वाटरमा १२–१८ ले पछि परेको कीर्तिपुर दोश्रोमा २३–१२ ले अगाडि रह्यो । तेश्रोमा कीर्तिपुरले २९–१५ को अग्रता बनायो । चौथोमा नागर्जुन २०–१५ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन । फाइनल शनिबार   हुनेछ ।

तपाइँको प्रतिक्रिया ।