अर्की छोरी : चूडामणि नेपाल ‘अकिञ्चन’ ( लघुकथा )

अर्की छोरी : चूडामणि नेपाल ‘अकिञ्चन’ ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,असार २ ।

‘भयो छाडिदिनुहोस तपाईं कहिल्यै जित्नु हुन्न । यहाँ छाम्नुहोस न आज कति खेलिरहेको छ । पक्कै मैले भनेको नै हुन्छ बुझ्नु भयो नि ।’ मुसुक्क हाँस्दै श्रीमती आयुषा बोलिन् । ‘होइन छोरी नै जन्मिन्छिन मलाई पुरा विश्वास छ मलाई त बाबासँग जिस्किदै खेल्ने छोरी नै चाहिएको छ । छोरी घरकी लक्ष्मी हुन् । सृष्टिकी मुना हुन् । घरकी उज्यालो हुन् ।’
‘होइन आयुषा  तिमी स्वयम् छोरी भएर किन छोरा नै चाहन्छ्यौ ? छोरीप्रति तिमीलाई किन यती धेरै वितृष्णा ?’ आर्यनले जान्न चाह्यो ।
‘यो परिवार, समाज धेरैजसो छोराकै भक्त छन् । कुल वंश चलाउन घर व्यवहार धान्न, धर्म कमाउन पनि छोराकै चाहना राख्छन् । छोरीको जात अर्काको घरको भित्तो टाल्ने रे, मैले छोरी भएर झेलेका दुःख कष्ट धेरै छन् दोस्रो दर्जाको नागरिक झैँ अनि समाजले छोरी नभई छरुोरा हुँदैनन् भन्नेचाहिँ किन भुल्छ त्यसैले ।’ उनी घुँक्क घुँक्क गर्न थालिन् । रातको एघार बजेसम्म उनीहरू कुरा गर्दै थिए । आर्यन झस्किएर
उठे । “हेर्नुहोस न कति जोडले तल्लो पेट दुख्न थाल्यो अनि के भएको पानी पनि बग्दै छ । त्यो सुति साडी दिनुहोस् न । बहिनी नर्स भर्खर आएकी छन् बोलाई दिनुहोस न । ‘आर्यन निकै
आत्तिए । एकै छिनमा बच्चा रोएको आवाज आयो । ‘ल बधाई छ दाइ छोरा जन्मिएकोमा ।’ नर्स बहिनी
मुस्कुराइन् ।’
मैले सोचेँ ‘एउटी छोरीको चाहनामा अर्की छोरीलाई  म कसरी दुःखी भएको देख्न सक्छु र तर मभित्र अर्की छोरीले बिद्रोह गिररहेकी छन् ।’ तापनि आर्यनले आफ्नो चाहना मनभित्रै दबाए । उनले आयुषातिर हेरे उनी गुराँस फुलेझैँ राति भएर मुस्कुराई रहेकी थिइन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।