बाटो नपाएपछि : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेठ २७।
केहीकामथियो थिएन तर क्वै गर्नेछु भन्ने यहाँ
रित्तो थालथियो थिएन यसरी भर्नेछु भन्ने यहाँ
बाटो बन्दथियो थिएन म गई खोल्नेछु भन्ने यहाँ
चर्कोत्रास थियो थिएन म कसै बोल्नेछु भन्ने यहाँ ।
लेख्ने कामथियो यहाँकलमले लेख्दै नलेखी बसे
देख्ने कामथियो यहाँनजरले देख्दै नदेखी बसे
गर्दैनन् जब कामहातकहिले के कामहोला र खै ?
लाग्दैनन् श्रममाकतै यदिभने के नामहोला र खै ?
खोला बग्दछ त्यो निरन्तर भने कर्तव्यमा नै छ त्यो
झोला पुग्छ बजार सम्मदिनहूँगन्तव्यमा नै छ त्यो
झुक्छन् जाल र झेलले हिमचुलीउत्कर्षको के कुरा
पैसाकासँग हिँड्छ इज्जतभने आदर्शको के कुरा ।
को पढ्ने इतिहास झेलबलले जित्नेहरूकाकथा
छोड्दै नैतिकताकता हर सिमामिच्नेहरूकाकथा
सोझाको घर वास छैन कसरी बन्छन् ठुला बङ्गला
जाग्दो जङ्गल राजयैँ छ कहिले टुट्ने छ यो श्रृङ्खला ।
बाटोले पनि के गरोस् हिँडिदिए बाटो नहेरीकन
माटोले पनि के गरोस् अघि बढे माटो नहेरिकन
भन्दैछौँअझ सत्यको पथतिरै हुन्छन् नसक्नेहरू
हिँड्ने हुन् कहिले बनेर अगुवा बाटो नहग्नेहरू ।
पर्खौँ धैर्य गरी भन्यौँ भनिरह्यौँ त्यो बाँध टुट्ला कि त ?
टेक्दै आउँछ टाउको विकृतिले आवाज उठ्दा कि त ?
खै को बँच्दछ को रहन्छ घरमाआँधी सजाएपछि
लाटोले पनिलातमार्दछ कतै बाटो नपाएपछि ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक