राजनीतिक मुद्दा बन्दै बाल उद्दारमा विद्यार्थी कुटपिट प्रकरण,गठबन्धनले कार्यदल बनायो
कपन अनलाइन
काठमाण्डौ ,जेठ २६।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार मावीको कक्षा १० मा अध्ययनरत छात्र अनिश लामिछाने माथि शिक्षकहरु बाट भएको कुटपिट प्रकरण राजनीतिक मुद्दामा परिणत भएको छ।
केहि दिन देखि कटवालको घाइते तस्विर र विद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले संचार माध्यममा दिएको अभिव्यक्ति निकै भाइरल बनिरहेका समयमा सत्ता गठबन्धनको बैठकले दोषीलाई कारवाही र पीडितले क्षेतिपूर्ति माग गर्ने निर्णय गर्दै टोलि समेत बनाएको छ।
सो कुटपिटको विषयलाई लिएर विद्यालयमा भएको छलफल आरोप प्रत्यारोप र हातपातको अवस्था पुगेपछि प्रहरी चौकी सम्म पुगेको मुद्दा थप जटिल बन्दै गठबन्धनको आपतकालीन बैठक सम्म पुगेको हो।
सो प्रकरणलाई लिएर सामाजिक संजालमा पनि विभिन्न क्रिया प्रतिक्रियाहरु निकै बाक्लो रुपमा आएका छन। यसै क्रममा नेपाली कांग्रेसका नेता रबिन अधिकारीले नगर प्रमुख मिठाराम अधिकारीलाई कटाक्ष गर्दै बुढानिलकण्ठ भगवान जसै कति सुतिरहने भन्दै प्रश्न गरेका छन । त्यस्तै उनले कपन अनलाइन समेत संचार माध्यम प्रति पनि विभिन्न फितला र तर्कहीन आरोप लगाउदै प्रश्न समेत गर्न भ्याएका छन भने अन्य स्थानीय नेताहरुले पनि विभिन्न प्रतिक्रियाहरु दिएका छन ।
सामाजिक संजाल र संचार माध्यममा छरपस्ट भएका सामाग्रीहरुले विद्यार्थी र विद्यालय अनि शिक्षकहरुको व्यापक बेइज्जत्ति भैरहेको समयमा गठबन्धनले कार्यदल बनाए पछी यो मुद्दा थप जटिल बन्ने देखिन्छ।
गठबन्धनले बनाएको कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट रामप्रसाद लुइँटेल ,बिजेन्द्र श्रेष्ठ ,मनोज सिग्देल ,नारदमणि घिमिरे र श्याम तिमल्सिना रहेका छन भने नेकपा माओवादी केन्द्रबाट भाइ नारायण श्रेष्ठ ,शिव बजगाई ,उद्दव चौलागाई र डम्मर घिमिरे रहेका छन ।
राम प्रसाद लुइँटेल संयोजक रहेको सो कार्यदलमा नेकपा एसबाट धुर्वराज न्यौपाने ,तुलसी पनेरु ,केदार प्रसाद चौलागाई र निरन्जन नेपाल रहेका छन ।