सुन बाबा आमा : सुशील आचार्य (कविता )

सुन बाबा आमा : सुशील आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ  १९।

सुन आमा बाबा गाउँमा यहि छ भनाई
केटाकेटी राख्नुहोला ल है साक्षर बनाई
नानी बाबु बाठो भए गरिखान सक्ने
मौका आयो स्कुल लाने अब किन पख्ने ।

सरकारी स्कुल पठाउ निःशुल्क नै छ रे
अनि खाजा खान पनि त्यहिं नै दिन्छन् रे
त्यसैले त अब छोरा छोरी स्कुल लानु
उनीहरू पढ्दा फाईदा के के हुन्छ जान्नु ।

रहर गर्छन केटाकेटी सधैं स्कुल जान
कर्तब्य हो आमाबाले पठाउने ठान
हात समाई डोहो¥याएर स्कुल पठाईदेउ
मोटर आउला हिंडाउँनु सडकको छेउ ।

यति कुरा बिन्ति गरेँ है त आमा बाबा
यो कविता वास्तविक छ होईन है हावा
छोराछोरी पढ्न गए टाठाबाठा भई
भविष्यमा गर्छन् काम अफिस तिर गई ।

त्यसैले त हामी सबैले छोराछोरी पढाउँ
सानै देखि उनिहरूको ज्ञान बुद्धि बढाउँ
पल्लाघरे काका, दाजु, आमा दिदी बोलाई
यहि कुराको छलफल गरौं हुने छ है भलाई।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।