Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/350141670_781485190429639_6723159161457001187_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

फोहोर न्यूनीकरणका लागि कौशी खेतिलाइ प्रोत्साहित गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समिति

कपन अनलाइन

काठमाडौँ ,जेठ १४  ।  श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा घरको कौशीमा बिषादी रहित तरकारी उत्पादन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । शुक्रबार काठमाडौं महानगर पालिका वडा नं ६ बौद्ध तीनचुलेमा रहेको बिहानी एकल महिला समुहको आयोजना भएको उक्त तालिममा करिब ८०  जना महिलाहरुको सहभागिता रहेको थियो बिहानी एकल महिला समुहको अध्यक्ष झुमा लामाको अध्यक्षतामा भएको उक्त तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ  सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपति खतिवडा श्याम लगायत महिलाहरुको उपस्थिति रहेको थियो ।

 कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि  श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तीव्र शहरीकरणका कारण कृषियोग्य जमिन मासिँदै गएको  अवस्थामा आफ्नो घरमा उत्पादन गरिएका ताजा बिषादी रहित तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप कौशीमा बिषादी रहित तरकारी उत्पादन सम्बन्धी एक दिने तालिमको व्यवस्था गरिएको बताए ।

उनले घरमै उत्पादन भएको फोहोरको ब्यवस्थापन घरमै गरि प्राङ्गारिक मल बनाएर घरकै करे साबारिबाट परिवारमा हुने आर्थिक लाभ र बाताबरण संरक्षकमा पुग्न जाने टेवालाइ बिशेष ध्यानमा राखी  उक्त तालिमको आयोजना गरेको बताए । उनले काठमाडौंको मुख्य समस्याको रुपमा रहेको फोहोरलाइ न्यूनीकरण गर्नको लागि घर बाट निस्किएको  कुहिने फोहोरलाइ प्राङ्गारिक मल बनाई घरको छत, वरण्डा, कौसी, र घरका खाली जग्गाहरुको सदुपयोग गरी विभिन्न प्रकारका तरकारी र फलफुल बालीहरुको घरायसी उत्पादनलाई प्रवर्द्धन गर्दै हरित  नगर निर्माणमा योगदान पुर्याउनु कार्यक्रमको मुख्य  उद्देश्य  रहेको बताए।

 उनले तालिम बाट सिकेका कुरा व्यवहारमा लागु गर्न अनुरोध गरेका थिए । तालिमले सानो एकाइमा कौशीमा तरकारी उत्पादन गरिरहेका स्थानीयले ताजा तरकारी खान पाउनुका साथै हरित शहर निर्माणमा समेत टेवा पुग्ने  बिश्वास ब्यक्त गरेका थिए । ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा तीब्र गतिमा भइरहेको बसाईसराईका कारणले गर्दा शहरी क्षेत्रहरुमा खेती गर्ने जमिनको अभाव भएकाले सबै किसिमका दैनिक उपभोग्य कृषि वस्तुहरु बजारबाट किनेर खानुपर्ने र  बाध्यता रहेको बताउदै त्यसमा पनि बढ्दो विषादीको प्रयोगले विशेषत महिला र बालबालिकाहरुको स्वास्थमा नकारात्मक प्रभाव परेको विभिन्न अध्ययनले पुष्टि गरेको  बताएका थिए । त्यसैलाइ मध्यनजर गर्दै उक्त तालिमको लागि क्षेत्र विकास समितिले सहयोग गरेको प्रष्ट पारेका थिए ।

क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको र युवा तथा महिलाहरुको शिप बिकासका साथै विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेकोर आगामी दिनमा पनि गर्दै जाने  बताएका थिए ।

कार्यक्रमलाइ सम्बोदन गर्दै बिशेष अतिथि  काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामाले कार्यक्रम प्रति खुसि ब्यक्त गर्दै उक्त तालिमले फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए । उनले कौशी खेतीबाट तरकारीमा लाग्ने खर्चमा धेरै कटौति हुने बताउँदै उनले तालिम उपलव्धि मुलक बन्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रमलाइ श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ सम्बोधन गर्दै सिकेका कुरा व्यवहारमा लागु गर्न अनुरोध गरेकी थिइन । सहभागिहरुलाई पट, बक्स तथा ग्रो व्यागको तयारी, विरुवा रोप्ने तरिका, कौशी खेतीका लागि आवश्यक सामाग्री, प्रयोग गर्ने विधि, विरुवाको हेरचाह, मल खाद दिने तरिका, काटछाँट गर्ने तरिका लगायतका बारेमा  प्रशिक्षक अशोक कुमार भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए ।  भने तालिममा सहभागीहरुलाई कम्पोस्ट मल, बिउबिजन कोकोपिट ,ग्रो ब्याग प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।