श्री बौद्धनाथ क्षेत्र विकास समितिको योजना संकलन सम्बन्धी सार्वजनिक सुचना

श्री बौद्धनाथ क्षेत्र विकास समितिको योजना संकलन सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं जेठ ८ ।  श्री बौद्धनाथ क्षेत्र विकास समितिले  योजना संकलन सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ ।समितिले जारी गरेको सुचनामा श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट तथा कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ अन्तर्गत सामाजिक धार्मिक र सांस्कृतिक विकास योजना  मुर्त- अमुर्त सम्पदा संरक्षण सम्बन्धी योजना,

ऐतिहासिक महत्वका प्राचिन स्थान बस्तु संरक्षण सम्बन्धी योजना, बौद्ध धर्म सम्बन्धी योजना, बातावरण सम्बन्धी योजना सामाजिक स्वास्थ्य सुरक्षा र खेलकुद सम्बन्धी योजनाहरु संकलन गर्ने कार्य भइरहेको हुँदा मिति २०८० जेठ २५ गते भित्रमा श्री बौद्ध नाथ क्षेत्र विकास समितिको कार्यालयमा योजना तथा कार्यक्रमहरु उपलब्ध गराई बजेट तथा कार्यक्रम निर्माण कार्यमा सहयोग पुर्याई दिनको लागि सम्पूर्ण वडा बासी टोल सुधार समिति, बिभिन्न संघ संस्थाहरुमा सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।