त्याग : मधुसूदन प्रसाद धिमिरे ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६ ।
अधि सम्म मिठो मुखले खाना खाएका थिए । दाल, भात, चमसुर पालुङ्गाको तरकारि, मोटरकोसा मिसाएको मिठ्ठो काउलिको तरकारि साथै सुकेको माछा हालेको, टीम्मुर् लसुन बिजुला समेत हालेर बनाएको अचारका साथै भातमा एक चम्चा ध्यू नराखे बुढालाई खाना खाएको सन्तोष नलाग्ने बानि थियो ।
कुनै रोग नभएका तन्दुरुस्ति मान्छे उमेरदार नै थिए । खाना खाएर गफ गर्दा गर्दै उनि अचानक बोल्न छाडे । मान्छे जम्मा भए । यो मान्छे फेन्ट् भो भनेर अस्पताल पु¥याए ।
अस्पतालबाट उनलाइ मृत धोषणा ग¥यो ।
उनि मरे । सवै जम्मा भए । धाट् जानै लाग्दा इरिनलाई भनियो, ‘तिम्रा गहना फुकालेर राख । चुरा फुटाल् पोते चुरा धाट्मा लानु पर्छ ।’
इरिनले भनिन् ‘श्रीमान मरे, मेरो सर्बश्व हररा भए जस्तै भो । अब श्रृङ्गार पनि गयो । तर म चूरा फूकाल दिन, अर्थात चूरा फुटाउदिन । अरु पोते सिन्दूर लैजानु धाट्मा ।
समाजले सोधे ‘तिमी किन चूरा चाहि फूटाउदिनौ ?’ उनले जवाफ दिइन् ‘हाम्रो समाज अन्धो
छ । म पाँच बर्षको हुदा मेरा बाबाले गून्यौ चोलि दिदा चूरा टिका पिताले नै दिएका हुन् । मैले श्रीमानबाट पाएको कुरा मात्र मैले आजैदेखि त्याग्छु ।’
तपाइँको प्रतिक्रिया ।