बुद्ध : गंगा लिगल (कविता )

बुद्ध : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६ ।

बुद्धले शान्तिदीप प्रज्वलित गरेर गए
उनले शान्ति नारा प्रचलित गरेर गए
आज उनी यस संसारमा नभएर के भो
उनले शान्ति दीप प्रज्वलित गरेर गए ।।१।।

बुद्धले विश्वमा नै शान्ति छरेर गए
सबको मनमा आनन्द भरेर गए
जति सुकैले बिरोधी हात बधाए पनि
संसारमा आफुलाई अमर गरेर गए ।।२।।

विश्वकै ज्ञानका प्रवर्तक बने उनी
शान्त जीवनका समर्थक बने उनी
दिगगज व्यक्तिले पनि शिर निहुराए
विश्वकै ज्ञानका भावार्थक बने उनी ।।३।।

संसारमा हिरा मोतीको महत्व छ
तर त्यो भन्दाबढी शान्तीको महत्व छ
यसको महत्व बुझुनु पर्छ सबैले यहाँ
कैयौ गुना स्वच्छ मतिको महत्व छ यहाँ ।।४।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।