बुद्ध जयन्ती सन्दर्भ : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३ ।
शुध्द चित्तका
जैले पनि छन् ताजा
भाव बुध्दका ।
झुप्रा कुटिका
पीडा बुझे बुध्दले
दीन दुखिका ।
त्रिपिटकमा
भन्छन् बुध्द नलागौँ
हत्या हिँसामा ।
पञ्चशीलले
झुठो कुरा नगरौँ
भन्छ दिलले ।
जीवन चित्रले
मध्यपान नगरौँ
भन्छ सूत्रले ।
संघम् शरणम्
शील समाधि प्रज्ञा
बुध्दम् शरणम् ।
आँत एकै हो
विश्वभर सबैको
जात एकै हो ।
भर्न भकारी
भन्छन् बुध्द नगरेस्
चोरी चकारी ।
अनुराग र
सांसारिक चिन्तन
हुन्न निर्वाण ।
बौध्द स्तुपा
जय जय लैजाउ
सत्य समीप ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।