महिला अधिकार : राजेशमान के.सी. (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३ ।
महिला अधिकारका कुरा अचेल धेरै चल्छन् ।
पुरुषहरु पनि यसमा निकै लाग्ने गर्छन् ।।
महिला पुरुषबीच कुनै हुनु हुन्न भेदभाव ।
दुईले एक अर्काप्रति राख्नु पर्छ सद्भाव ।।
समाजमा महिला पुरुष हुन्छन् बराबरी ।
समान व्यवहार गरौँ कुनै भेदभाव नगरी ।।
एउटै रथका दुई पाङ्ग्र्रा हुन् महिला र पुरुष ।
बढ्नु पर्छ अघि दुवै गरी यसको महशूस ।।
अन्त्य हुन्न जबसम्म हत्या, हिंसा, बलात्कार ।
समाजमा कायम रहन्न महिला अधिकार ।।
पुरुष सराप्दैमा पनि हुन्न महिला अधिकार ।
अधिकारको नाममा धेरै नदेखाऔँ है अहंकार ।।
एकातर्फी रटाई होइन महिला अधिकार ।
पुरुषमाथि पनि हुन्छन् धेरै अत्याचार ।।
समाजमा धेरै चल्छन् महिला हिंसाका कुरा ।
आप्mनो पीडा गुम्स्याई राख्छन् पुरुष बबुरा ।।
नेपाली समाजमा रहेको पारिवारिक सन्तुलन ।
डलरबादी उक्साहटले ल्याएको छ विचलन ।।
हाम्रो धर्म संस्कृतिले नारी सम्मान दिएका छन् ।
सीताराम, राधाकृष्ण आदि यी उदाहरण हुन् ।।
पुरुषले गर्नु हुन्न महिलामाथि अत्याचार ।
महिलाले नि राख्नु पर्छ पुरुषमाथि सदाचार ।।
परिवारमा महिला पुरुष बीचको सहकार्य ।
स्वच्छ समाज निर्माणमा हुन्छ अनिवार्य ।।
महिला पुरुषले बुझे एक अर्काको भावना ।
स्वच्छ समाजको पक्कै हुन्छ स्थापना ।।
देशको हितमा अधिकार प्रयोग गर्नु पर्छ ।
देशकै लागि महिला पुरुष अघि बढ्नु पर्छ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक