बुढानिलकण्ठका विद्यालयमा छात्रवृतिको अवसर,धेरै बालउद्दार माविमा बालविकास र भादकालीमा कम

बुढानिलकण्ठका विद्यालयमा छात्रवृतिको अवसर,धेरै बालउद्दार माविमा बालविकास र भादकालीमा कम

कपन अनलाइन
काठमाडौं, बैशाख १८।

बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै  ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकरी दिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार माविमा सबैभन्दा धेरै ७९ जना विद्यार्थीका लागि छात्रवृतिको अवसर रहेको छ भने बालविकास मावि  र भादकाली विद्यालयमा ८ जनालाई छात्रवृति प्रदान गरिनेछ।

बुढानिलकण्ठ नगरपालिकाको छात्रवृति व्यवस्थापन समितीको निर्णय अनुसार नगरका विभिन्न सामुदायिक विद्यालयहरुमा छात्रवृति प्रदान गरिनेछ ।

नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकारी दिदै नगरपालिकाले निवेदन प्राथमिकीकरण गरेर बैशाख १५ गते भित्र विवरण बुझाउन विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।