बुढानीलकण्ठ – २ बँदेलीमा अखाद्य बस्तु हाली मह उत्पादन गर्ने कम्पनि सिल गरियो
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १९।
बुढानीलकण्ठ नगरपालिका वडा नं २ बँदेलीमा रहेकाे गार्डेन एपिएरी उद्याेग प्रालिले अखाद्य बस्तु हाली मह उत्पादन गरेर बिक्री वितरण गरेकाे पाइएकाे छ ।
बुढानीलकण्ठ वडा नं. २ बस्ने पवन सत्यालले संचालन गरेको साे उद्याेगबाट बिभिन्न खाद्य अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी कालो बजारी गरेको भन्ने गोप्य सुचना प्रहरीले पाएपछि छापा मारिएकाे थियाे ।
गाेप्य सूचनाका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट परिचालित प्रहरी टोली र स्थानिय जनप्रतिनिधिको रोहबरमा खानतलासी गर्दा अबैध मह र अबैध मह उत्पादन गर्ने कच्चा पदार्थ फेला परेको थियो।
अवैध काम गरेकाे भेटिएपछि संचालक बर्ष ५९ को पवन सत्याललाई प्रहरीले नियन्त्रणमा लिई स्थानिय प्रतिनिधिहरुको रोहबरमा कम्पनी सिल गरिएको छ। थ
प अनुसन्धानको कार्य भईरहेको साथै नमुना परिक्षणको लागि र आवश्यक कारवाहीका लागि प्रहरी बृत महाराजगंज पठाईएको छ ।