२५६७ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा ललितपुर देखि बौद्ध सम्म साइकल यात्रा
कपन अनलाइन
काठमाडौं,बैशाख १८ । भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएको विश्वास गरिने सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण गर्दै २५६७ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा साइकल यात्रा गरिएको छ ।
बौद्ध बिहार संघ ललितपुरको आयोजनामा ललितपुरको पुल्चोक देखि काठमाडौं को बौद्धनाथ स्तुपा सम्म साइकल यात्रा आयोजना गरेको हो । शनिबार ललितपुरको पुल्चोक बाट शुरु भएको उक्त यात्रा स्वयम्भु नाथ हुदै बौद्धनाथ सम्म पुगेको थियो । यात्रामा सहभागी करिब २५० जना साइकल यात्रीले महाविहार, तथा चैत्यहरूको अध्ययन भ्रमण समेत गरेको आयोजकले जानकारी गराएको छ ।
बौद्धनाथ स्तुपामा पुग्दा साइकल यात्रीहरुलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा सदस्यहरु , पशुपतिनाथ खतिवडा श्याम राग्वा शेर्पा, शैलेश श्रेष्ठ खास्ती नेवा पुच का पदाधिकारी लगायतले खादा लगाएर स्वागत गरेका थिए भने पानी र जुस समेत वितरण गरेका थिए ।२५६७ औँ बुद्ध जयन्तीको अवसरमा युवा पुस्तालाई यहाँका सम्पदाको विषयमा ज्ञान दिन र सम्पदाको महत्व संरक्षणबारे सचेत बनाउनुको साथै पर्यटन प्रवर्द्धनमा उक्त साइकल र्यालीले महत्वपूर्ण भूमिका खेलेको आयोजकले जानकारी गराएको छ ।
कार्यक्रममा सहभागी भएर सम्पदाबारे अध्ययन अवलोकन गर्न तथा साइकल संस्कृतिलाई विकास गर्न पनि सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराए । उनले भगवान बुद्धको शान्ति, मैत्री र करूणाको सु–सन्देश फैलाउन सहयोग गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदै २५६७ औँ बुद्ध जयन्तीको शुभकामना दिएका थिए ।