बुढानीलकण्ठ-२ का टोल टोलमा समाजीक सुरक्षा भत्ता, सेवाग्राही दंग

बुढानीलकण्ठ-२ का टोल टोलमा समाजीक सुरक्षा भत्ता, सेवाग्राही दंग

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

बुढानीलकण्ठ नगरपालिका वडा नं ०२  ले बुधबार टोल  टोलमा पुगेर  समाजीक सुरक्षा भत्ताको तेस्रो त्रैमासिक किस्ता वितरण गरेको छ ।  “घर-टोलमै सामाजिक भत्ता पुर्याउने” वडाको अभियान अन्तर्गत वासिक चोक , चपली स्वस्थ्य चौकि, चपली  सामुदायिक भवन (माथिल्लो भंगाल) मा  २३४ लाभग्राहीहरुलाई भत्ता वितरण गरिएको थियो।

आफ्नो वडामा रहेका जेष्ठ नागरिक, एकल र विधवा महिला, लक्षित वर्गिय बालबालिका, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता,  भएका नागरिकहरुलाई बैंकमा गई लाईनमा कुर्नु पर्ने समस्यालाई मध्यनजर गर्दै ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई टोल- टोलमा  र अशक्त तथा पूर्ण अपाङ्गता भएका लाई घर-घर मै गई सामाजिक सुरक्षा भत्ता प्रदान गरिरहेको वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन।

टोल टोलमा राखिएको सहायता डेस्क सम्म पनि आउन नसकेका नागरिकहरुलाई घरमै गई रकम बुझाएको बताउदै  वडा अध्यक्ष श्रेष्ठले केहि कागजातहरु नमिलेका कारण बैंक शाखा कार्यालयमै उपस्थित हुन पर्ने व्यक्तिहरुलाई आफु स्वयंले सहायता गर्दै बैंक सम्म लगि भत्ता प्रदान गरेको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।