शंखरापुर नगरपालिकाको सार्वजनिक सुचना

शंखरापुर नगरपालिकाको  सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, बैशाख १३। शंखरापुर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ।  नगरपालिकाको शाखा अधिकृत सुभद्रा पुडासैनीले जारी गरेको सुचनामा शंखरापुर नगरपालिका नगर सभाको सातौ अधिबेसनको “नगरपालिका क्षेत्र भित्र २०७२ सालको भूकम्प अघि बनेका घरहरुको सम्बन्धमा साबिक गाबिस बाट नक्सा स्वीकृत लिई वा नलिई बनेका घरहरुको आवश्यक प्रमाण तथा वडा कार्यालयको सिफारिसका आधारमा निर्माण सम्पन्न अभिलेखीकरण प्रमाण पत्र जारि गर्ने निर्णय कार्यन्वयन सम्बन्धमा सम्बन्धित घरधनीहरुले २०८० असार मसान्त सम्म निर्माण सम्पन्न अभिलेखीकरण प्रमाणपत्र  लिई सक्नु पर्ने हुँदा सोहि  बमोजिम गर्न गराउन सरोकारवाला सबैको जानकारीको लागि  यो सुचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।

तपाइँको प्रतिक्रिया ।