भानु पुरस्कार : निमा शेर्पा (लघुकथा)

भानु पुरस्कार : निमा शेर्पा (लघुकथा)

कपन अनलाइन

काठमाडौं,बैशाख ९  ।

‘सरले कस्तो प्रस्ताव राख्नुभएको ? यसले कसलाई असर गर्छ भनेर सोच्नुभएको छ ?’ एम एन दाहालको प्रश्नले मलाई सोच्न वाध्य बनायो ।
हामी यसपालीको भानु जयन्ती मनाउने बिषयमा कार्यकारिणीको बैठक सम्पन्न गरी एउटा रेस्टुरेन्टमा कफी अर्डर गरेर बसेका थियौँ ।

देशमा आएको बाढी पहिरोमा परेर ज्यान माल गुमाउनेको नाममा यसपाली भानु जयन्ती नमनाउने सर्वसम्मतले प्रस्ताव पारित गरेर बाहिरिएका थियौं ।
‘हजुरले के भन्नु भएको मैले कुरो राम्रो बुझिन, देशको यस्तो हाल हुँदा कसरी भानु जयन्ती मनाउन सक्छौँ ? हामीलाई चाहिने जनशक्ति, छात्रछात्रा इत्यादिको बेहाल छन् यस घडीमा, दुईचार जना भेला भएर मनाउने पर्व होइन यो ।’ मैले आफ्नो जिज्ञासा राखें ।
‘यसपाली भानु पुरस्कार पाउने मेरो पालो थियो, अब एक बर्ष कुर्नु पर्यो !’ भन्दै उ कफी नखाइ हतारमा छु भनेर बाहिरिए ।

तपाइँको प्रतिक्रिया ।