मेरो देश : मनोज अधिकारी (कविता )

मेरो देश : मनोज अधिकारी (कविता )

कपन अनलाइन

काठमाडौं,बैशाख ९  ।

आज हामी साना छौं अघि बढ्न खोज्दैछौं ।
देश बिकासमा जुटी कन अशल मान्छे बन्दैछौं
सानु मान्छे सानै कुरा गर्न मन लाग्छ ।
हाम्रै देशको विकास पनि गर्न मन लाग्छ ।।

ठुला मानिस ठुलो नेता ठुलै कुरा गर्छन
विकास भने खासै छैन आफ्नै भँडार भर्छन् ।
धेरै मानिस बीचमा बस्दै ढुकुटी सकाए
सुन्दर शान्त हाम्रो देशलाई लौ कस्तो बनाए
केही गर्छु देशको लागि भन्नेको नी हेर
कामै गर्न नदिएर वचन जान्छ खेर
स्वास्थ्य सेवा महङ्गो भो खान लाउन पनि
हेर जनता हिड्नु प¥यो जोगी जस्तै बनी
यस्तो अवस्थालाई हेरिरहनु हुदैन
समस्याको समाधान भे दुःखले छुँदैन
अब हामी बाल क्लवमार्फत पक्कै केही गर्छौं ।
‘टोल समाज देशको विकास गर्न अघि सर्छौं ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।