गोकर्णेश्वर -३ बाटुले सिमदेखि तारेभिर जाने सडक ढलान कार्यको निरीक्षणमा सांसद शान्ती श्रेष्ठ
कपन अनलाइन
काठमाडौं बैशाख ६। गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा बाटुले सिमदेखि तारेभिर जाने सडक ढलान कार्यको अनुगमन निरीक्षण गरिएको छ । मंगलबार संघिय सांसद शान्ति श्रेष्ठको नेतृत्वमा भएको उक्त अनुगमन निरीक्षण कार्यमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा,वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल, वडा सदस्य बुद्धि बहादुर श्रेष्ठ, नेकपा एमाले गोकर्णेश्वर नगर कमिटिका अध्यक्ष उद्धव बिष्ट प्राबिधिक लगायतको सहभागिता रहेको थियो । संघ बाट प्राप्त करिब
१ करोडको लागतमा निर्माण भइरहेको उक्त सडक ढलान कार्यको स्थलगत निरीक्षणमा पुगेकी सांसद शान्ती श्रेष्ठ लगायतले निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विकास निर्माण कार्यमा स्थानीयको चासो रहनुपर्ने र सो गर्दा निर्माण कार्यमा अनियमितता हुन नसक्ने बताएका थिए ।
तपाइँको प्रतिक्रिया ।