एक्टिभ किड्स गार्डेन टोखा- ३ को अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

एक्टिभ किड्स गार्डेन टोखा- ३ को अभिभावक दिवस तथा दिक्षान्त समारोह  सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत्र १२ ।टोखा नगरपालिका वडा नं ३मा संचालित एक्टिभ किड्स गार्डेनले   अभिभावक दिवस तथा दिक्षान्त  समारोह सम्पन्न गरेको छ । स्कुलले  कक्षा ३ उत्तीर्णलाई दीक्षित गर्दै अभिभावक दिवस पनि एकसाथ मनाएको हो।शनिबार बिध्यालय प्रांगणमा एक्टिभ किड्स गार्डेनको व्यवस्थापन समिति अध्यक्ष  बासुदेब रेग्मीको सभापतित्व र  पूर्व शिक्षा मन्त्री एबम प्रतिनिधि सभा सदस्य शिशिर खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिशेष अतिथिको रुपमा टोखा नगरपालिकाका उप प्रमुख मुरारी तामाङ, वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोल, एक्टिभ किड्स गार्डेनको प्रिन्सिपल शारदा पाण्डेय, लगायत शिक्षक, बिद्यार्थी , अभिभावकहरु र शुभचिन्तकहरूको उपस्थिति  रहेको कार्यक्रम संचालन अनुराधा श्रेष्ठले गरेकी थिइन ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व शिक्षा मन्त्रि एबम प्रतिनिधि सभा सदस्य शिशिर खनालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले देशभक्ती झल्काउने गित तथा नृत्य मार्फत स्वागत गरेका  थिए ।

एक्टिभ किड्स गार्डेनको प्रिन्सिपल शारदा पाण्डेयले स्वागत मन्तब्य राख्दै  एक्टिभ किड्स गार्डेन स्कुलले  बालबालिकालाई शिक्षा, संस्कार सहित उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित  गराएको जानकारी गराएकी थिइन।  उनले २१ औं शताब्दीमा संस्कार, संस्कृती र प्रविधि विना शिक्षा अधुरो हुने भन्दै एक्टिभ किड्स गार्डेनले  शिक्षालाई संस्कार, संस्कृती र प्रविधिमैत्री नारा साथ निरन्तर अगाडि बढाईरहेको जानकारी गराएकी थिइन् ।उनले  उपस्थितिका लागि सबैलाई धन्यवाद दिदै स- साना  बालबालिकालाई पूर्ण बनाउने प्रयासमा विद्यालय रहेको भन्दै कार्यक्रम अवधिभर बसेर कमी कमजोरी औँल्याइदिन अनुरोध गरेकी थिइन । उनले बालबालिकाको भविष्यका लागि सधैँ साथ रहेर काम गर्नुपर्ने उनको भनाइ रहेको  थियो।

कार्यक्रमलाइ सम्बोधन गर्दै  प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री एबम प्रतिनिधि सभा सदस्य शिशिर खनालले आजको बालबालिका भोलिको कर्णधार भएको बताए । उनले नेपालका बिध्यालयको गुणस्तर बढ्नुपर्छ भन्ने अभियानमा आफु रहेको जानकारी गराएका थिए । उनले  मन्टेश्वरी शिक्षा शिक्षाको एउटा जग भएको उद्घोष गरे । जग बलियो भएन भने कुनैपनि घरको माथिल्लो तला बलियो नहुने भन्दै उनले शिक्षाका लागि जग नै बलियो चाहिने कुरामा जोड दिएका थिए ।

कार्यक्रमलाइ बिशेष अतिथि  टोखा नगरपालिकाका उप प्रमुख मुरारी तामाङ, वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोल लगायतले वडाले नियम कानुनमा रहेर बिध्यालयलाइ आवश्यक  सहयोग गर्ने जानकारी गराएका थिए उनीहरुले विद्यार्थीको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरु विद्यालयले गर्नुपर्ने र थप यस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीच सुमधुर सम्बन्ध कायम हुने बिश्वास ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा अभिभावकहरुको तर्फ बाट कृष्ण प्रसाद भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रम अवधिभर एक्टिभ किड्स गार्डेनका  विद्यार्थीहरुले  गायन, नृत्य नाटक लगायतका प्रस्तुति मार्फत मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा एक्टिभ किड्स गार्डेनका शिक्षिकाहरूले गरेको सुन्दर र मनमोहक नृत्यले कार्यक्रमलाई अझै विशेष बनाएको थियो। अभिभावकहरू आफ्ना बालबालिकाको निपुण प्रस्तुति देखेर उत्साहित देखिन्थे ।

उक्त कार्यक्रममा विद्यालयका  कक्षा ३ का विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो भने विद्यार्थीलाई विविधमा पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । अध्यक्षताको आसन बाट बोल्दैएक्टिभ किड्स गार्डेनको व्यवस्थापन समिति अध्यक्ष  बासुदेब रेग्मीले  कार्यक्रम सफल बनाउन लागिपर्ने सबैलाई धन्यवाद दिएका थिए ।अभिभावकहरूको साथ र सहयोगकै कारण बिध्यालय आजको स्थानमा  आइपुगेको उल्लेख गरेका उनले आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।