बजार अनुगमनलाइ तिब्र बनाउदै गोकर्णेश्वर नगरपालिका

बजार अनुगमनलाइ  तिब्र बनाउदै गोकर्णेश्वर नगरपालिका

कपन अनलाइन

काठमाडौं चैत्र १० ।गोकर्णेश्वर नगरपालिकाले बजार अनुगमन तिब्र बनाएको छ  । बिहिबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा संचालित बिभिन्न पसलहरुको  अनुगमन गरेको हो   ।

गोकर्णेश्वर नगरपालिका वडा नं का वडा अध्यक्ष नन्द लाल श्रेष्ठ ,लेखा प्रमुख रामजी रायमाझी, प्रसासन प्रमुख भुपेन्द्र बोहोरा ,  स्वास्थ्य कर्मचारी नवराज  बगाले,  वडा सचिव सुदीप हमाल  नगर प्रहरी लगायतको टोलीले  उक्त क्षेत्रमा संचालित  मासु पसल डिपार्टमेन्ट स्टोर, रेस्टुरेन्ट  लगायतका   पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिए तत्कालै कारवाही समेत गरिएको वडा अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी गराए।

बजारमा कालोबजारी हुन नदिने र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित  गर्न र व्यवसायीहरुलाई करको दायरामा ल्याउन पनि नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिइ रहेको  वडा अध्यक्ष श्रेष्ठले जानकारी गराए उनले वडाका अन्य स्थानको पनि बजार अनुगमन गर्दै जाने बताएका छन ।  बजारमा अखाद्य सामग्री बिक्री गरी उपभोक्ता ठग्नेहरुमाथी कारवाही गर्दै जाने समेत उनले जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।