नेकपा एमाले बुढानिलकण्ठका पाँच जनालाई कारवाही सिफारिस,तिन जनालाई फरक जिम्मेवारी
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ८।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले पाँच जनालाई कारवाही सिफारिस गरेको छ भने तिन जनालाई हाल रहेको जिम्मेवारीबाट मुक्त गर्दै फरक जिम्मेवारी दिने निर्णय गरेको छ।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीलको बैठकले पार्टीका विभिन्न कमिटी र जिम्मेवारीमा रहेको अवस्थामा पार्टी निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएका र अन्य पार्टीमा प्रवेस गरेका पाँच जनालाई कारवाही सिफारिस गरेको हो।
सो बैठकले काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा उम्मेदवारी दिएका कृष्ण तामाङ ,बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका सुमित खरेल ,नेपाली कांग्रेसमा प्रवेस गरेका राजन श्रेष्ठ ,अर्जुन लामा र लक्ष्मण रोक्कालाई कारवाहीका लागि सिफारिस गरेको हो ।
दिपु बस्नेत ,महेन्द्र श्रेष्ठ र मोहनहरी जोशीलाई हालको जिम्मेवारी परिवर्तन गरी फरक जिम्मेवारी दिने निर्णय गरेको सो बैठकले नेकपा एमालेको ग्रास रुट अभियानलाई सफल बनाउन विभिन्न संगठन परिचालनका कार्यक्रमहरु पनि पारित गरेको छ।
तपाइँको प्रतिक्रिया ।