चामुण्डा देबीको रथयात्राको लागि देवी मार्ग रङरोगन गरिदै
कपन अनलाइन
काठमाडौं, चैत्र ५। चामुन्डा लोसेटार सेवा समाजले चामुन्डा देवी मार्गको बाटोको दायाँबायाँ रंङरोगन गर्ने कार्य शुरु गरेको छ ।हरेक वर्ष चैत्र अष्टमिका दिन गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको चामुण्डा देबीको रथयात्रा हुदै आएको छ । सोहि रथयात्रालाई मध्यनजर गर्दै चामुन्डा लोसेटार सेवा समाजले चामुन्डा देवी मार्गको बाटोको दायाँबायाँ रंङरोगन गर्ने कार्य शुरु गरेको हो ।
चैत्र अष्टमिका दिन पन्चवली सहित निकालिने रथ लाइ जोरपाटी ,आरुबारी ,नयाबस्ती हुंदै पुन चामुण्डा मन्दिरमै ल्याई विसर्जन गरिने परम्परा रहेको छ ।२०४१ साल देखि निरन्तर निकालिंदै आएको चामुण्डा रथयात्रा उल्लेख्य भक्तजनको सहभागिता रहने गरेको छ । मल्लकालदेखि चल्दै आएको रथ यात्रा परम्परा , विक्रम सम्वत् २०४० देखि भने व्यवस्थित हुँदै आएर जात्रामै परिणत भएको छ ।
इतिहासमा सामान्य बली र पूजामै सीमित भएको चामुण्डाको खट यात्रा २०४० यता श्री गणेश; चामुन्डा देवीको खट यात्रा गरिदै आएको र पछि माँहाङ्काल भैरब समेत थप गरी तीन वटै रथ लाई बाजागाजा सहित माँहाङ्काल भैरब आरुबारी,बेसिगाउ, जोरपाटी चोक,शिद्देश्वर बिन्दबासिनी, बिन्दवाशीनि,अर्गौतश्वर,शर्बेश्वर,रुद्देश्वर, अर्याल गाउँ,बौद्ध पीपलबोट हुदै पुन जोरपाटी चोक बाट चामुन्डा भगबतीको मन्दिर प्राङ्गणमा ल्याई बिसर्जन गरिने परम्परा रहेको छ।