होली : गंगा लिगल (कविता )

होली : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

यो सप्त रङ्गले रंगिएको मिठास पर्व होली
यो एकताले बाधिएको मिठास पर्व होली
मनाउदैछौ सबै हामी देशमा खुशीयाली
हामी सबै नै रमाएका मिठास पर्व होली ।

देश त्यसै जाग्दैन जबसम्म दानव मर्दैन
प्रगति त्यसै आउदैन जबसम्म दानव मर्दैन
रणनीति खेले दानवले बिजय झण्डा पाउन
शान्ति तेसै बन्दैन जबसम्म दानव मर्दैन ।

होलीका जलिन दनदनी पावन भुमि स्वर्गभयो
रावण घुमे फनफनी पावन भुमि स्वर्ग भयो
अहंकारले गर्दा दसै शिर छेदनभयो
विश्व मै चल्यो सनसनी पावनभुमि स्वर्ग भयो ।

संसारै स्वर्ग भयो अत्याचारी दानवमारी
विजय झण्डा गाडियो बेबिचारी दानवमारी
खुशीको रङ्ग खेले सारा जगतै रमाईलो
सौहार्द्रताको भावजाग्यो अनाचारी दानवमारी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।