जितबहादुर : छायादत्त न्यौपाने बगर (व्यङ्ग्यनिबन्ध)
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
उनीसँग छ जित्ने दाउ । उनलाई जित्ने रहर छ । उनी धेरै कप चिया खाएर जित्न चाहन्छन् । उनी दौडेर, रोईकराई जसरी हुन्छ जितेर रमाउँछन् । उनलाई छिटो छिटो भात खाएर जित्न मन लाग्छ । उनको छोटा लुगालाउने रहर छ । मैला लुगा लाएर हुन्छ कि धेरै खाएर जित्ने बानी छ
उनको ।
कुराले जित्छन् । हुलमुल मच्चाएर जित्छन् । मुखले जित्छन् । जित्ने अभ्यासकाधनी छन् उनी । हलो काटी मुङ्रो बनाएर पनि नजिती हुन्न उनलाई । कहिले घुस खाएर त कहिले जुस खुवाएर जित्छन् । उनलाई थाहा छ जित्नुको मजाविशेष मात्रउनलाई । हो नि उनले हिजो कक्षाकोठाको मनिटर पनिजितेकै हुन् ।
जितकाकथा धेरै छन् उनीसँग । आँखा छोप खेलमा थोरै रुमालउचालेर जिते । कसले धेरै खाने होडमा सेलरोटी खल्तीमा कोचेर जिते । ठुला लुगापहिरिने होडमा बाको कमि जलाएर जिते । छेलो खेलाइमा एकपाइला मिचेर जिते । जितको सातु खानजानेका उनी कक्षामा पढ्न नगएर जिते, पढाउन नगएर जिते । उनले नीति, नियम, अनुशासनन मानेर जिते । कानुन नमान्न का लागि बनेको हो भनेर जिते । भीड मच्चाएर थर्काएर तर्साएर जिते ।
अँ, साझाकाम गर्छु भने नगरेर जिते । वनभोज गएको पैसा नतिरेर जिते । यात्रामा हिँडे टिकट नकाटेर जिते, जितमा रमाउने सिपउनको जितिरहे । चुनावमा पनि मत लुकाएर जिते । कहिले फेरि गनाएर जिते । हो उनीजित्नकालागिजन्मेका त्यसैले त जित्नकै लागि मरे ।
उनी जितबहादुर जीवनभर जिते । आफ्नो मृत्युमा गाउँलेलाई छक्काएर दोषी करार गर्न दुखदिएँभनेर आफ्नो लास भिरबाट फाल्नलगाएर जिते । गाउँलेलाई प्रहरीकहाँ पु¥याउन सफलभएर जिते । उनको हरेक जितमा परिवार, समाज र देशले हारिरहे तर उनले जितिरहे ।
हो नि गट्टाखेल, डन्डिबियो, छेलो, छोइडुम, पाङ्रोछोप, पौडी जस्ता धेरै खेल खेल्न नजाने पनि जितिरहे । जितमै रमाए । मानवीय संवेदना, इमान र नैतिकताउधिनेर जिते । राष्ट्रिय कला संस्कृतिको उछितो काढे तर आफूले जितिरहे । दुवै हातले खाने कला पारखी उनी सधैं उस्तै जितिरहे !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक