चुनौति : बिबेक शर्मा गौतम (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
छेपारोले भन्यो, ‘म रङ बदल्दिँन तर धेरै काम गर्छु ।’
धमिरोले भन्यो, ‘म त सानो, तिमी जस्तो के गर्न सक्छु र ?’
यिनीहरुका कुरा सुनेर वैज्ञानिक ‘ता’अचम्म परे । उनले छेपारो र धमिरोलाई ठूलो बैज्ञानिक प्रयोगशालामा लगे । हिउँको पहाड, कोइलाखानी, हरियो जंगल र रातोमाटो भएको सल्लेरी डाँडोमा लगेर दुबैको काम र चरित्र हेर्न थाले। वैज्ञानिक ‘ता’ले दुवैलाई माथिका ठाउँहरुमा पाँचबर्ष भित्रमा परीक्षण गरिसक्ने योजना बनाए । छेपारो हिउँमागोरो, कोईलाखानीमा कालो, हरियो जंगलमा हरियो,
सल्लेरी डाँडोमा रातो भयो । घाम तापेरवाल्ल परिरह्यो । शारिरीक रुप बदल्ने बाहेक कुनै कियाकलाप देखिएन ।
धमिरोको रुपरङ्ग कुनै परिवर्तन आएन । बरु उसले बाटो बनायो । घर र दरबारहरु बनायो । भत्कायो । फेरि बनायो । वैज्ञानिक ‘ता’ ले निष्कर्ष निकाले, ‘रुप परिवर्तन गर्नेले उसको समय आफ्नो शरीरको मात्र हेरचाह गर्छ । उसले अरुका लागि केहि गर्छ भनेर आशा राख्नु हुँदैन । तर आफ्नो स्वरूप बदल्न नसक्नेले स्वाभीमान र दृढ संकल्पि तभएर केही परिवर्तन गर्छ भन्ने निष्कर्षमा पुगे ।’
‘ता’को निष्कर्ष देखेर छेपारोले भन्यो, ‘म र मेरा वरिपरीको प्रकृति बाँचेको मेरो रङ्ग बदलिएर नै हो ।’ उसको कुरा सुनेर ‘ता’ले भने ‘त्यसो भएमलाई अझै चुनौति दिइस् हैन ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक