गजल : अनिता भण्डारी (पौडेल)

गजल : अनिता भण्डारी (पौडेल)

कपन  अनलाइन

काठमाण्डौ ,फागुन २७।

तिमी जस्तै मायाको भोको म पनि त छु
तिमीले जस्तै रातभरी रोको म पनि त छु ।

व्यथा फरक होलादूःखाई फरक होला
तिमी जस्तै रिसको पोको म पनि त छु ।

सहने बानी न तिमीमा छ न म मा छ हेर
अडिन सक्ने डालो हैन डोको म पनि त छु ।

कसैको लागी हैन आफ्नो लागी दुख  गरेकै छौ ।
दूःखपर्दा अरुको मुटु छोको म पनि त छु

आफूले अरुलाई कतिगरियो अरुले कति गरे
सबैको गुण बिर्सिएर आफु चोखो म पनि त छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।