छोरी मान्छे : अंशु दुलाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
मिठासले भरिएको शब्द यो ‘छोरी मान्छे’
समाजले किनचाँसो राख्छन्
उसले के लाउछे, के खान्छे, के भन्छे
जन्मेका हुन्छन् छोरा हो कि भन्ने आशामा
जब छोरी हो भन्ने थपाउँछन्
उसको जीवन बित्छ निरासामा ।
केही गर्न सक्दैनन् छोरीहरूले भन्छन्
संसारकै सबैभन्दा पीडादायी,
बच्चाजन्माउने कामयिनले कसरी गर्छन् ?
कुनै दिन जानुपर्छ नौ डाँडापारि
अन्जानव्यक्तिसँगआफ्नो घर परिवार छाडी
कति पीडा खपेकी, कठै बिचरी नारी
छोरी बलात्कारीको सिकार बनिएकी
बलात्कृत भई भनेर हेपिएकी
दोष आफ्नै पहिरनको भन्ने भनाई सहिरहेकी
केही आँटे रोक लाग्ने र सुन्नुपर्ने
‘तिमी त छोरी मान्छे’
सुनेर यो मन कति रुन्छ होला धरधरी
कति पीडा खपेकी, कठै बिचरी छोरी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।