ललितपुरका शिक्षा अधिकृत एक लाख रुपैयाँ घुससहित पक्राउ

ललितपुरका शिक्षा अधिकृत एक लाख रुपैयाँ घुससहित पक्राउ

कपन अनलाइन

काठमाडौँ, फाल्गुन २५ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०७९।११।२५ गते निजको कार्य कक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

तपाइँको प्रतिक्रिया ।