‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी
कपन अनलाइन
काठमाडौं, फागुन १८।
संयुक्त राष्ट्रिय जनआन्दोलनमोर्चाले ‘हिन्दु महासभा’को घोषणा गर्ने भएको छ । मोर्चाले बुधबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो । कार्यक्रमफागुन १८ गते दिनको १२ बजे राष्ट्रियसभा गृहमा कार्यक्रमको आयोजना गरिएकोे छ ।
मोर्चाका महामन्त्री रोहित पौडेलले अहिले नेपालीहरु संकटको घडीमा रहेको बताएका छन् । अर्थतन्त्र, सामाजिक सद्भाव र अन्तराष्ट्रिय चलखेलका हिसाबले अहिले देश संकटमा रहेको उनको दाबी छ । राजासहितको सनातन हिन्दुराज्य कायम हुनुपर्ने मान्यताका साथ आफूहरु नेपालीहरु माँझ आउन लागेको उनले बताए ।
‘नेपालको इतिहासमै आजसम्म सबैभन्दा बढी हामी संकटको घडीमा उभिरहेका छौं । हामीहरु यो संकटबाट यो देशलाई मोचन गर्न चाहन्छौं । जसका लागि हामीले भोलि दिनको १२ बजे नेपाल हिन्दु महासभा घोषणा गर्न गइरहेका छौं । धर्म भनेको जीवन ज्यूने कला हो, संस्कार हो, पद्धतीहो र सभ्यताहो । यही संस्कार, सभ्यता र संस्कृतिभित्रै रहेर राजा सहितको हिन्दुराष्ट्र कायम हुनपर्छ भन्ने मान्यताका साथ हामी नेपाली जनताका बीचमा आएका छौं,’–उनले भने । यो कार्यक्रम नेपालको इतिहासमै कोशेढुङ्गाको रुपमा सवित हुने उनको दाबी छ ।
सह–अध्यक्ष वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाललाई संवैधानिक राजसंस्था सहितको हिन्दु राज्य, अखण्ड नेपाल बनाउने अभियानमा सामेल भएको बताए । साथै, समान विचार र धारणा भएका संघ–संस्थाहरुसँग सहकार्यका लागि संयुक्त राष्ट्रिय जनआन्दोलनमोर्चा सकारात्मक रहेको बताए ।
समान विचार धारा राख्ने भारतीय संस्था अखिल भारत हिन्दु महासभाको आमन्त्रणामा आफ्नो संस्थाका प्रतिनिधि भारतमा भएको कार्यक्रममा सहभागी भएको समेत उनले स्मरण गरे । आज हुनगइरहेको कार्यक्रममा संयुक्त राष्ट्रिय जनआन्दोलनमोर्चा र अखिल भारतीय हिन्दु महासभाबीच सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको पनि उनले जानकारी गराए ।
‘हामीले हाम्राविचार मिल्ने राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिसँग सहकार्य गर्ने प्रयत्नगरिरहेका छौं । यो कामकालागिभोलि हस्ताक्षर गर्दैछौं । अहिले नेपालको हिन्दुराज्य र राजसंस्थाको पहिचानलाई किनअन्त्य गर्नुपथ्र्यो ?अहिले भर्खरै नेपालको परराष्ट्रमन्त्री जेनेभाको मानवअधिकार सम्मेलनमाजानलागिराख्दा राजनीतिक परिवर्तनका कारणले उहाँहरुले जसरी रोक्नुभयो त्यो आफ्नो ठाउँमा छ । सत्ता परिवर्तन हुनेवित्तिकै नेपालले परराष्ट्रमन्त्रीलाई जानबाट रोक्यो र एक जना त्यससँग ज्ञाता हो भनेर पठाइयो । जसले गर्दा नेपालको छविमा प्रतिकूल असर पर्यो,’– उनले भने ।
सरकारको उक्तकदम नेपालको समप्रभुता र स्वाधिनताको विरुद्धमा भएको उनले बताए । मुलुकको बेइज्जतगर्ने कामदिल्लीमाभएको १२ बुँदे सम्झौताबाटै भएको उनको आरोप छ । नेपालको राष्ट्रियता, स्वाधिनता, समप्रभुता र धर्म संस्कृतिको रक्षाकालागिआफूहरु लागि परेको उनको दाबी छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलनमोर्चाकाअध्यक्षएवं कार्यक्रमका सभापतितारानाथ लुँइटेलले आन्दोलनका बेलामुलुकलाई जापन र स्वीजरल्याण्ड बनाउँछौं भन्ने दलहरुले अहिले आन्दोलननसकिँदै स्वीस बैंकमा पैसा राखेको आरोप लगाए। अहिले राजामहाराजाले यहीमुलुकमा बसेर उपचार गरिरहेको अवस्थामा नेताहरुको उपचारमा धेरै रकमविदेशमाखर्च गर्नुपरेको उनले दुःखेसो पोखे ।
राजा रहँदाप्रतिव्यक्ति सातहजार ऋण रहेकामा नेताहरुले त्यसलाई बढाएर ८० हजारभन्दामाथिपुर्याएको उनको आरोप छ । आफूहरुले नेपालमाहिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाकायम गराउनअखिलभारतीयहिन्दु महासभासँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
राजावीरेन्द्रलाई कसले मारेको भन्ने बारेमाकुनै खोज नगरी ज्ञानेन्द्रलाई त्यसको आरोप लगाएको उनले बताए । आफूहरुको आन्दोलन नेपालमाहिन्दुराज्य र संवैधानिक राजतन्त्रकायमनभएसम्मनिरन्तर रहने उनको दाबी छ ।
वरिष्ठ उपाध्यक्ष देवराजआचार्यले अब देशमा परिवर्तनको घडी आएको दाबी गरे । विदेशीको डिजाइनबाट हिन्दु अधिराज्यको अन्त्यगराइएको उनको आरोप छ ।
यो देशमा संवैधानिक राजतन्त्र स्थापनाभएको खण्डमा सबै समस्याको समाधानहुने मोर्चाको बुझाइ छ ।
कार्यक्रममामोर्चाकापदाधिकारीहरु कृष्णप्रसादलुईँटेल,ईश्वरी भट्टराई, शम्भु चौरसिया, वेदराजआचार्य, अम्मर केसी, रोहितपौडेल, अजयपौडेललगायतको उपस्थिति रहेको थियो ।