काठमाण्डौ क्षेत्र नं ४ का सांसदहरुको संयुक्त सम्पर्क कार्यालय उदघाटन
कपन अनलाइन
काठमाडौं फाल्गुन १६ ।
काठमाण्डौ क्षेत्र नं ४ मा प्रतिनिधि सभा र प्रदेस सभा सदस्यहरुको संयुक्त सम्पर्क कार्यालय उदघाटन गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे चुनावी क्षेत्र रहेको काठमाण्डौ -४ का प्रतिनिधि सभा र प्रदेस सभा सदस्यहरूकाे सम्पर्क कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं ७ पहेँलाे पुल(भत्केकाे पुल) मा रहेको छ।
मंगलबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापाले सम्पर्क कार्यालयकाे उद्घाटन गरेका थिए ।
क्षेत्र नं ४ का संघ तथा प्रदेशका जनप्रतिनिधिको काम तथा जनसम्पर्क सहज बनाउन खाेलिएकाे कार्यालयकाे उद्घाटन कार्यक्रममा थापासहित प्रदेशसभासदस्यहरु श्रीराम लामिछाने, याङकिला शेर्पा र मिना पराजुलीकाे उपस्थिति रहेको थियो ।
उक्त कार्यालय उदघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका डम्बर अधिकारी र नेकपा एकीकृत समाजवादीका ध्रुवराज न्याैपानेले पनि सम्बाेधन गरेका थिए ।
चुनावमा व्यक्त गरिएको वाचा अनुसार एकैठाउँमा कार्यालय खाेलेकाे भन्दै प्रमुख अतिथि थापाले सम्पर्क कार्यालयलाइ काँग्रेस सांसदकाे मात्र कार्यालय नबनाइ सबैकाे साझा बनाउन गठबन्धन दलसहितकाे उपस्थितिमा उद्घाटन गरिएकाे बताएका थिए ।फोटो : रमेश भुषाल