को सुन्छ ? : त्रिलोचन आचार्य (कविता )

को सुन्छ ? : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन १३ ।

सर्लक्क नौला दिन आउँनेछन्
नानीहरू मस्त निदाउँनेछन्
आकाशनिर्धक्क खुली रहन्छ
बतास स्वच्छन्द डुली रहन्छ ।

भन्थ्यौँगए यो परिवारवाद
निरङ्कुशी दुस्करता विषाद
गयो व्यवस्था तर हाल त्यै भो
मान्छे नयाँ छन् तर चाल त्यै भो ।

लुटेर खाने जन हेर त्यस्तै
राजा नयाँ छन् मन हेर त्यस्तै
विश्वास जाने सब खेर त्यस्तै
बुझेर हो वानबुझेर त्यस्तै ।

कुरा भकारी छ भरी गरेको
सम्बन्धचीसो छ झरी परेको
यो कालकालो बहुतै अँध्यारो
ढपक्क ढाक्ने दिलमातुषारो ।

खाएर केहीजनले खकारे
आएर केही डनले डकारे
जताततै तीब्र बढ्यो तमाशा
सोझा सिधा बीच बढ्यो निराशा ।

ढाडे बिराला अघि दौडिँदैछन्
ठालू मिचाहा पनि पौडिँदैछन्
घुर्छन् हसुर्छन् ठग ठम्मठम्म
लुट्छन् लतार्छन् सब डम्मडम्म ।

समृध्दि माग्ने जतितीतलै छन्
असक्तका सन्तति ती तलै छन् ।
हावी छ उस्तै धनतन्त्रआज
आएर के भो गणतन्त्र आज?

सुनिन्न केही म बसेर बोलौँ
खाइन्छ लाठ्ठीउभिएर बोलौँ
कसै कसैलाई छ हाइहाइ
को सुन्छ निर्धा जनको रुवाई ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।