उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्ण प्रसाद गौतमको उम्मेदवारी घोषणा,को को छन टिममा ?

उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्ण प्रसाद गौतमको उम्मेदवारी घोषणा,को को छन टिममा ?

कपन अनलाइन
काठमाडौं, फागुन ११।

काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
फागुन १४ गते हुने उपत्यका निर्माण व्यवसायी संघको १७औं साधारण सभा तथा नवौं अधिवेशनका लागि गौतमले प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

राजधानीको बानेश्वरस्थित एउटा होटलमा उम्मेदवारी घोषणा गर्दै गौतमले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीतिनियमका कारण निर्माण व्यवसायी पेशा धराशायी भएको दाबी गरे । ‘व्यवसाय संकटमा परेको छ । यसका लागि निर्माण व्यवसायीहरूको सुझाबअनुसार काम गर्नेछु र निर्माण व्यवसायी पेशालाई माथि उठाउनेछु,‘उनले भने ।
गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन् । त्यसैगरी उप–महासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।
बाँकी सदस्यका उम्मेदवारहरु पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार गौतमले प्रस्ट पारेका छन  । तीन वर्षको कार्यकाल रहने  संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।