प्रिय बिष्णु, तिमि बाँचिरहेछौ : उपेन्द्र तिमल्सिना

प्रिय बिष्णु, तिमि बाँचिरहेछौ : उपेन्द्र तिमल्सिना

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

प्रिय बिष्णु, तिमि बाँचिरहेछौ

मरेर पनि अक्षर बनेर

युगको इतिहासको बनेर

घाम असमानताको जन्जिर तोडेर

विभेदको पर्खाल फोरेर

समतामूलक समाजको झण्डा बोकेर

रोग भोक र शोकको बिरुद्ध आवाज बनेर

उत्पिडित जातीको भरोसा बनेर

सम्झौताहिन मुठ्ठी कसेर

न्याय र स्वतन्त्रताको लागि

नयाँ युगको मानक बनेर

आफै बलिवेदीमा होमियौ !

र त तिमि मरेर पनि बाँचिरहेछौ।

हो म त बाँचेको छु

पलपलमा मरेर बाँचेको छु।

तिमि सँगै हिंडेको त्यो पद चाप

सँगै उचालेका झण्डाको विरासतलाई लत्याएर

आफ्नै सपनाहरुको शव यात्रामा रमाउँदै

दाँया बाँया दाँया बाँया गर्दै

बिरालो हिँडाइमा हिंडिरहेछु।

खै कसरी भनौं साथि !

तिम्रो वलिदानको गाथा वर्ग वैरी प्रतिको

त्यो गर्जन बस्तिहरु जगाउने तिम्रो सूत्र

जनहरुको मनलाई जोड्ने एकताको मूठ्ठीहरु

आज ब्यक्तिगत स्वार्थको मूलाहिजा बनेर

धुलिसात भएका छन्।

क्षतविक्षत पारिएको छ।

त्यसैले त तिमि युग युगको लागी मरेर

पनि बाँचिरहे छौ।

म बाँचेर पनि पलपल मरीरहेछु।

पल पल मरिरहेछु।

तपाइँको प्रतिक्रिया ।