लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ को खेलकुद सप्ताह सम्पन्न

लर्ड्स लाइट एकेडेमी  गोकर्णेश्वर ६ को खेलकुद सप्ताह सम्पन्न

कपन अनलाइन

काठमाडौं फाल्गुन ७ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयाबस्तीमा रहेको लर्ड्स लाइट एकेडेमीमा खेलकुद सप्ताह सम्पन्न भएको छ ।   आइतबार बाट देखि शुरु भएको उक्त खेलकुद सप्ताह फाल्गुन ५ गते   बिहिबार सम्पन्न भएको हो ।

बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित खेल सप्ताहको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष  नवराज लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका  वडा नं ६ का वडा सदस्य बच्चुराम शर्मा कुइकेल, एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मोहन अधिकारी, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका संयोजक संजय लामा,   समाजसेबी अमलादेबी श्रेष्ठ,

महिला नेत्री तथा समाजसेवी लेख कुमारी पुडासैनी लर्ड्स लाइट एकेडेमीका एकेडेमिक डायरेक्टर रुद्र कुँवर, तोयाकन बादोरियो करातेका प्रशिक्षक रमेश  कार्की ( अरुण)प्रथामिक तह इन्चार्ज धनमाया लामा, पुर्व प्राथमिक तह इन्चार्ज शान्ती दुलाल ,नया बस्ति प्रहरी बिट प्रमुख राजकुमार माझि सहित   शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको  कार्यक्रमको अध्यक्षता  बिध्यालयका प्रिन्सिपल निराजन आचार्यले गरेका थिए भने  कार्यक्रम संचालन बिध्यालयका शिक्षक शंकर भट्टराईले गरेका थिए ।

लर्ड्स लाइट एकेडेमीका एकेडेमिक डायरेक्टर रुद्र कुँवरले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको  थिए  ५ दिन सम्म संचालित खेल सप्ताहमा विभिन्न बिधाका खेलकुद हरु खेलाइएको थियो। छात्र छात्रा को दौड ,कबड्डी, रेस १०० मिटर दौड, , क्रिकेट बास्केटबल,म्युजिकल चेयर, स्पुन दौड  , फुटबल, म्याराथन, लगायतका पुर्ब प्राथमिक तहको विभिन्न खेलहरु आयोजना गरिएको थियो। कक्षागत, तहगत तथा अन्तर-सदनात्मक रुपमा बिभिन्न खेलहरु समाबेश गरिएको उक्त  खेलसप्ताहमा  निलो सदन प्रथम भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथिहरुले खेल सप्ताहमा बिजयी खेलाडी र सर्बोत्कृष्ट विद्यार्थीहरु लाई  ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष  नवराज लामाले आयोजकलाइ धन्यवाद दिदै  विद्यालयले विद्यार्थी केन्द्रित विभिन्न गतिविधि र प्रतिष्पर्धा गर्दै आएको र धेरै कार्यक्रममा आफुपनि सहभागी भएको बताएका थिए  ।  उनले  खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने उनको भनाइ रहेको थियो । खेलले नै राष्ट्र चिनाउने र बिद्यालय बाट नै खेलाडीहरु निर्माण हुने भएको हुँदा खेलकुद कार्यक्रम समय समयमा गर्नु पर्ने बताए। साथै उनले बिद्यार्थीहरुलाई कक्षा कोठामा मात्र सिमित हुन नहुने  भन्दै जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोड्नु पर्नेमा जोड दिदै विजयी खेलाडीहरुलाई बधाई दिएका थिए ।

एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मोहन अधिकारी, समाजसेबी अमलादेबी श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए। अध्यक्षताको आसन बाट बोल्दै लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन आचार्यले  बिधालयमा अध्ययनरत छात्र, छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न खेल सप्ताहको आयोजना गरिएको जानकारी गराए ।खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउनु र अतिरिक्त क्रियाकलापको महत्व बारे जानकारी दिने उदेश्य सहीत खेल सप्ताह सञ्चालन गरिएको बताउदै आगामी दिनमा पनि खेलकुद सप्ताह सञ्चालन गर्ने योजना रहेको जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।