देशभरका जनप्रतिनिधिहरुलाई राहत ,आयोगले तोकेको जरिबानाको रकम मिनाहा

देशभरका जनप्रतिनिधिहरुलाई राहत ,आयोगले तोकेको जरिबानाको रकम मिनाहा

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

वैशाख ३० गते सम्पन्न स्थानीय तहमा सम्पन्न निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबानाको रकम  मिनाहा भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम जरिवानाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सर्वोच्चले पनि आयोगले तोकेको जरिवाना लिने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया ।