ओखलढुंगा ऐतिहासिक संग्रहालयको उद्घाटन

ओखलढुंगा ऐतिहासिक संग्रहालयको उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

ओखलढुंगा ऐतिहासिक संग्रहालयको उद्घाटन गरिएको छ । सिद्धिचरण नगरपालिका ४ रुम्जाटार स्थित अरिदमण गणद्धारा निर्मित संग्रहालयको  शुक्रकार उदघाटन गरिएको हो ।

संग्रहालयको कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्र श्री नं. १८ बाहिनीपतिका सेनाका सहायक रथी सन्तोष राज पाण्डे र कार्यक्रमका अध्यक्ष तथा सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजेन्द्र खनालले पानसमा बत्ति बाल्नुका साथै रिबन काटेर उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक रथी पाण्डेले नेपाली सेनाको आर्थिक वर्ष २०७९/८० को शीघ्र प्रभाव आयोजना अन्तर्गत बिजियोजन भएको रकमबाट ओखलढुंगा अरिदमण गणका सक्कल दर्जाहरुबाट संग्रालयको निर्माण गरिएको बताए ।

सहायक रथी पाण्डेका अनुसार पृथ्वी नारायण शाहले एकिकरण गर्ने क्रममा युद्धमा प्रयोग भएका तत्कालिन हतियारहरुको संरक्षण, सम्वद्र्धन र प्रर्वद्धन गर्ने उद्देश्यले संग्रालयको स्थापना गरिएको हो । त्यस्तै तत्कालिन युद्धको समयमा बन्दोवस्ती व्यवस्थापन पक्षमा प्रयोग भएका प्राचिनकालिन गाउँघरमा निर्मित सामग्रीहरुको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्य रहेको सहायक रथी पाण्डेले बताए ।

कार्यक्रममा बोल्दै सहायह रथी पाण्डेले आगामी दिनमा नगरपालिकाले संग्राहलयको संरक्षण, प्रर्वद्धन र स्तरोन्नती गर्दै लैजानुका साथै सैनिकसँग सम्बन्ध प्रगाढ हुने अपेक्षा रहेको उल्लेख गरे ।  उद्घाटन गरिएको संगह्रालयमा ४ वटा कक्ष रहेका छन ।

तपाइँको प्रतिक्रिया ।