उपचार : इन्दिरा देवकोटा ( लघुकथा )

उपचार : इन्दिरा देवकोटा ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

‘मेरो अनुमति बिना किन भर्ना गरेको ? घर पठाई देऊ । भोलि १० बजे आउन भन्देऊ ।’ डाक्टरको आदेशले नर्स अलमल परिन् ।
प्रशव पीडाले छट्पटाइरहेकी नीरमालाई हेरिन् फेरि डाक्टरको मुख । उसले जागीर खाइदिने धम्कीको भाषा बोल्दै रातो अनुहार पारेको देख्दा उनी केही बोल्न सकिनन् ।
इमर्जेंसी बेडमा पल्टेकी नीरमालाई छटपट भइरहेको थियो । उनी कहिले भूइँमा थच्च बस्थिन् । कहिले कराउँथिन् । कहिले रून्थिन् ।
उनले नीरमाको हातमा समाएर बाहिर पठाउन खोज्दै थिइन् उठाउन सकिनन् । सहयोग मागिन् । दुबैजनाले उनलाई ढोकासम्म के पुर्याएका थिए, बच्चाको च्याँच्याँ आवाजले सबैको ध्यान खिचियो । नीरमा भने भूईँमा डङ्ग्रङग खसिन् ।
हतार हतार सबै उतै तानिए । उनको हातमा अचानक एउटा कागजको चिर्कटो देखियो जसमा मेडिकलको ठेगाना र डाक्टरको नम्बर थियो । त्यो डाक्टर उनै थिए, जसले केही समय अगाडि उनलाई वेडबाट निकाल्न आदेश दिएका थिए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।