सम्झनु : नम्रता श्रेष्ठ (कविता )

सम्झनु : नम्रता श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

खुसीले घरी घरी मुस्कुराउदै हेर्दै गरेको
पासपोर्टको छाप सम्झिनु
अनगिन्ती सपना सजाउँदै
झिमिक्क नगरेको रात सम्झनु
कति महत्वपूर्ण छ पैसा भन्ने चिज
अभावमा कति गाह्रो हुन्छ
दुई चार पैसा सापटि माग्दा
आफन्त र साथीभाइले लगाएको बात सम्झनु
आमाको ओठमा हासो
अनि बुबाको जिम्मेवारी कम गराउनु छ
सम्पन्न हुँदा नजिकिने
रित्तो हुँदा  छोडेर जाने साथ सम्झनु
यस्तै छ यो दुनियाँ
सारा संसार स्वार्थी छ
कोहीमा छैन राम्रो मन सबै मतलबी छन्
कति कोसिश गर्दा पनि
हुन सकेन प्रगती
असफलतामा झिक्ने तीहात सम्झनु
हेरचाह ख्याल गर्नु छ
जस्ले यो धर्ती देखाउनु भयो
सुनौलो भविष्य सोच्नु छ
जो धर्तीमाआउनेछ
जिम्मेवारीले थिचेको काँध सम्झनु
आफन्तले लगाएको तितो बात सम्झनु

जब दुःख हुन्छ
दिक्क लाग्छ अनि घरको याद आउँछ
के गर्न सकेन भनि
गाउँलेले देखाएको दया सम्झनु
आफ्नो सुन्दर सपना
अनि भविष्य सम्झनु

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।