सार्वजनिक जग्गा संरक्षणमा वडाअध्यक्ष श्रीराम केसीको शशक्त अभियान,२१५ रोपनी संरक्षण शुरु

सार्वजनिक जग्गा संरक्षणमा वडाअध्यक्ष श्रीराम केसीको शशक्त अभियान,२१५ रोपनी संरक्षण शुरु

कपन अनलाइन

काठमाण्डौ,फागुन ३।

केहि समय अगाडी वडा कार्यालय क्षेत्रमा करोडौ मुल्य बरावरको सार्वजनिक जग्गा संरक्षण गर्दै सो क्षेत्रमा खानेपानीका लागि बोरिङ खन्ने कामलाई तीव्रता दिएका बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम केसीले २१५ रोपनी सार्वजनिक जग्गा संरक्षणको अभियान शुरु गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा रहेका दुई कित्तामा रहेको करिव २१५ रोपनी सार्वजनिक जग्गा संरक्षणका लागि सो क्षेत्रमा रहेका अव्यवस्थित बस्तिमा रहेका व्यक्तिहरुको प्रारम्भिक तथ्यांक संकलन कार्यको शुरुवात गर्दै अध्यक्ष केसीले सो क्षेत्रलाई दीर्घकालीन संरचना निर्माणका लागि उपयोग गर्ने बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको कित्ता नं २५९ को १०४ रोपनी र कित्ता नं ४ को १११ रोपनी सार्वजनिक जग्गा संरक्षणका लागि स्थलगत अध्ययनमा पुगेका वडा अध्यक्ष केसीले सो जग्गा नगरपालिकाले नै गर्व गर्न सक्ने पूर्वाधार निर्माणका लागि उपयुक्त रहेकोले सहयोगका लागि सरोकारवाला सबैलाई अनुरोध गरेका छन।

पछिल्लो समयपनि सो सार्वजनिक जग्गामा जबर्जस्ति रुपमा बसोवास गर्न खोज्ने ८ वटा घर भत्काएको जानकारी दिदै वडा अध्यक्ष केसीले उक्त अव्यवस्थित बस्तीमा रहेका वास्तविक पिडितलाई एकीकृत बसोवासको व्यवस्था गर्न सकिने योजना अगाडी सारेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का सदस्य कृष्ण खत्री,शिवपुरी नागार्जुन रास्ट्रीय निकुन्जका रेन्जर मन्जित बिस्ट,कर्मचारी सन्तोष पराजुली ,नेपाली सेना र नगर प्रहरी सहित बुढानिलकण्ठ-चंडेश्वरी सम्पदा मार्ग र विष्णुमति कोरिडोरको विचमा रहेको सयौ रोपनी सार्वजनिक जग्गा संरक्षणका लागि स्थलगत अध्ययनमा पुगेका अध्यक्ष केसीले जतिसुकै चुनौती आएपनि नगरवासीको सम्पत्तिलाई जसरि पनि संरक्षण गर्ने लक्ष्यमा रहेको कपन अनलाइनलाई बताएका छन।

प्रारम्भिक तथ्यांक संकलन पश्चात सो क्षेत्रमा रहेका सुकुम्वासी आयोग र पुननिर्माण प्राधिकरणबाट अनुमति पाएका घरहरुको साथमा पुस्तौ देखि सो क्षेत्रको जग्गा भोग चलन गर्दै आएका स्थानीयहरुको पहिचान हुने बताउदै अध्यक्ष केसीले स्थानीयहरु संगको कुराकानीमा  बस्तीलाई व्यवस्थित गरेर जग्गा संरक्षणको काम अगाडी बढ्ने धारणा राखेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।