गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाडौँ, माघ २१ ।
यति धेरै गाली गर्छौ कि लाग्छ तिम्रै मुख दुख्छ
खुशीहुदैनौ त्यति गर्दा पनिहाँसो तिम्रै लुक्छ ।
धितमरुन्जेल भनेपछि पछि मन शान्तहुनुपर्ने
क्षणिक आवेग होला नटोक्ने कुकुरले धेरै भुक्छ ।
अरुको बारेमा धेरै सोच्छौ र त आफ्नो कुरा भुल्छौ
भविष्यको कुरा कसलाई के थाहा को कहाँ चुक्छ ।
आफुले नि नपाउने अरुलाई नि दिँदैनौ शान्ती
संधै अध्यारो अनुहार हेर्दा भनकसको मन फुक्छ ।
मायापाउनमायादिन जान्नुपर्छ मुस्कुराउनु पर्छ
गालीखाने एकछिन रुन्छ तर नठान सधैँ उ झुक्छ ।
आफ्नो बारेमा सोच कुभलो कसैको सोच्दै नसोच
कसैले केहीलादैनन अरुले दिएकोले कति पुग्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।