भलिबल प्रतियोगिता सुरु

काठमाडौँ, ६ असार । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भूस्थित नेपाल (एपिएफ) क्लबको भलिबल कोर्टमा आजदेखि भलिबल प्रतियोगिता सुरु भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले रेफ्री गिरिराज कार्कीलाई बल हस्तान्तरण गरी सो प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकास्थित एपिएफ इकाइबाट गरी कुल नौ वटा टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी भएका टिममा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरी बल महानगरीय सशस्त्र प्रहरी कार्यालय, विपद् उद्धार उपत्यका गण, निलबाराही गण, बङ्गलामुखी विशेष कार्यदल गण, कालिन्चोक भगवती गण, दक्षिणकाली गण र गुह्ेश्वरी गणको भलिबल टिम रहेका छन् ।

नकआउटका आधारमा सञ्चालन हुने उक्त भलिबल प्रतियोगिताका सम्पूर्ण खेल नेपाल एपिएफ क्लबको भलिबल कोर्ट हल्चोक स्वयम्भूमा हुनेछन् ।रासस

तपाइँको प्रतिक्रिया ।