गीत : अम्बिका खड्का

गीत : अम्बिका खड्का

कपन अनलाइन

काठमाण्डौ ,माघ १३।

नजानेर कसैसँग मेरो माया गाँसियो की
ख्यालै ख्यालमा मेरो मुटु अन्तकतै साटियो की
यस्तो पनि हुनेरैछ केले केले छुनेरैछ
मुटु भित्र तिता मिठा आभासहरु कुद्ने रैछ ।।
सायद यो माया भन्ने  यसरी नै हुने रैछ ।

जीवनको गोरेटोमा नयाँ साथी भेटियोकी
झुक्किएर अन्तकतै सपना पो देखियोकी,
व्यूँझिएर हेर्दा कतै फेरि पनि टुट्ने हो की,
नयाँ जीवन नयाँ खुशी छिन भरमै छुट्ने हो की

मनभित्र खुशीका तिमाला बुनी पर्खिबस्छु
आउनआउ यो जीवनमा बहार बनिपर्खिरन्छु
तिम्रो सामु छायाँ बनि सधैँ सँगै घुमिरन्छु
याद गर मरे पनि आत्मा तिम्लाई सुम्पिदिन्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।