बुढानिलकण्ठ-३ मा ८ दिने उद्यमशीलता तालिम सुरु
कपन अनलाइन
काठमाडौं, माघ ११ ।
बुढानीलकण्ठ नगरपलिका वडा नं ३ मा “उद्यम गरौँ, उद्यमी बनौँ” भन्ने नारा सहित ८ दिने उद्यमशिलता तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख लामाले घरैमा बसेर आफै उत्पादन गर्न सक्ने गरि लगु उद्यममा संलग्न गराइ गरीबी निवारणमा सहयोग पुर्याउने यस योजानाको उद्देश्य रहेको सहभागिहरुलाई जानकारी गराएकी थिइन्यो ।
यसका साथै उनले आफ्नै व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधीक सहयोग, ऋण तथा कर्जाको लागी वित्तिय संस्थाहरुसँग सहजिकरण गराईदिने र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा समेत सहयोग गर्ने योजना रहेको जानकारी दिएकी छन ।
तालिम संयोजक एवं नगरपालिका उद्यम सहजकर्ता जनार्दन मिश्रका अनुसार गरिब तथा बेरोजगार व्यक्तिहरु लक्षित ‘मेड्पा’ कार्यक्रमले विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गर्दै आएको छ । यस अन्तरालमा वडा नं ०३ का जनप्रतिनिधी लगायत लक्षित वर्गका महिलाहरुबाट माग भए अनुसार तालिम सञ्चालन गरिएको हो ।