हुने भो अब खती : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ७ ।
तँ जाडो यो नौलो पर बरफको मार्ग न हिँडेस्
हिमालीपाखाको हविगतबुझी व्यर्थ कुदेस्
भनेँ मैले सुन्ने समय नदिने जब्बर मति
अहो ! काँप्यो मान्छे लुगलुगहुने भो अब खती ।
तँ हिँड्दा यो जाबो जलकणरुपी हुस्सु नभिरेस्
तँ डुल्दा यो बस्ती गरिब जनको हेर्न नछिरेस्
भनेँ मैले बुझ्ने तँसँग न रह्यो जाँगर त्यति
अहो ! काँप्यो मान्छे लुगलुगहुने भो अब खती ।
सधैँ भोग्दै बस्ने सुख र सुविधामात्रनचिनेस्
कुरी छाप्रो बस्ने व्यथितजनको त्रास नभुलेस्
भनेँ मैले सोझा सडकतिर छन् हुन्छ कि अति
अहो ! काँप्यो मान्छे लुगलुगहुने भो अब खती ।
बिहानै खेतीमाहतपतपुगेका कृषकको
थिचेको भारीको सकस वटुवा सकलको
भनेँ मैले बुझ्ने भरसक गरेस् कोसिस यति
अहो ! काँप्यो मान्छे लुगलुगहुने भो अब खती ।
कुदौँ नाङ्गै खुट्टा रहर कसको हुन्छ र यहाँ
सुतौँ रातीनाङ्गै न त सिरक बर्को हुनु कहाँ
भनेँ मैले पर्ला अपजस हुँदानिर्मम क्षति
अहो ! काँप्यो मान्छे लुगलुगहुने भो अब खती ।
तुषारोले साह्रो रजगज ग¥यो बाहिर भनी
ननिस्के दौडन्छन् कुलुकुलु मुसाआखिर अनि
भनेँ मैले तैँले किनकिन सुनिनस् भयकति?
अहो ! काँप्यो मान्छे लुगलुगहुने भो अब खती ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक