अपांङ पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ लाइ सहायक सामग्री वितरण

अपांङ पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ लाइ सहायक सामग्री वितरण

कपन अनलाइन

काठमाडौँ, पौष २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित अपांङ पुनर्स्थापना केन्द्र नेपालको  २१ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशन एबं गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सहायक सामग्री वितरण गरिएको छ । शनिबार संस्थाको अध्यक्ष अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ का अध्यक्ष  उदय बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने गोकर्णेश्वर नगरपालिका उप प्रमुख बिशेष अतिथिको रुपमा सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत,खगेन्द्र नवजीवन  बिशेष माबी का प्रधानाध्यापक राघव प्रसाद दवाडी ,संस्थाका आजीवन सदस्य, तथा गोकर्णेश्वर माविका  प्रिस्निपल चन्द्र प्रसाद पौडेल भगवती युवा क्लबका अध्यक्ष अस्मिता  श्रेष्ठ  नया जीवन  संगठनकी अध्यक्ष गायत्री दाहाल,लगायत संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका सचिब रविराज रिमालले गरेका थिए।

कार्यक्रममा संस्थाकी  कोषाध्यक्ष अम्बिका भण्डारी हुमागाईंले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन कार्यक्रममा प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल गोकर्णेश्वर नगरपालिका उप प्रमुख बिशेष अतिथिको रुपमा सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत, लगायतले सहायक सामग्री अन्तर्गत  व्हिल चियर, बैशाखी र छडी वितरण गरेका थिए  ।

कार्यक्रममा सस्थाका महासचिब छिरिंग कुमाल शेर्पाले कार्य प्रगति प्रतिबेदन बाचन गरेको कार्यक्रममा संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरीएको थियो ।कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथि लगायतले सम्बोधन गर्दै  अपाङ्ग भए भनेर कमजोर नहुन अनुरोध गर्दै उनीहरु पनि सपाङ्ग जस्तै सक्षम रहेको मात्र अवसरको खाँचो रहेको बताएका थिए।

गोकर्णेश्वर नगरपालिकाले अपांगता भएकाहरुलाई बिभिन्न कार्यक्रम मार्फत अवसर प्रदान गरिरहेको जानकारी दिदै आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए  ।कार्यक्रममा संस्थाको अध्यक्ष अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ का अध्यक्ष  उदय बहादुर लिम्बुले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।