देशको माटो : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस १६ ।
छिया छिया यो मेरो मुटु भरी
तिम्रै तरानाले पोलिरहन्छ
देशको यो माटो हृदयभरि
सपनामा पनि खोजिरहन्छ ।
पीडा जलनले पोलिरहन्छ
मन कताकता उडिरहन्छ
तिम्रो मिठो सम्झना मन भरि
सधै सधै नै सताईरहन्न्छ ।
कलकल बग्ने झरना सगै
आफै बग्न मन लागिरहन्छ
कता छन् कताती तरेली खेत
मन कावा खेल्दै बगिरहन्छ ।
आईदेउ तिमी सपनी भरि
मुटु भरी नै सदा गासिरहुँ
प्यारो सुन्दर शान्त बिशालमा
यो मन सधै रमाई रहुँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।