Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/DSC_0699-1-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर -३ सुन्ताखानमा आज बाट चल्ने भनिएको सार्वजनिक यातायात संचालनमा आएन …

कपन अनलाइन

काठमाडौँ,पौष १५ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा सार्वजनिक यातायात संचालन गर्नको लागि सार्वजनिक भेला सम्पन्न भएको छ । गोकर्णेश्वर सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिको आयोजनामा भएको उक्त भेलामा नगरपालिकाका उप प्रमुख सान्नानी लामा, , वडाअध्यक्ष मुरारी प्रसाद कुइकेल, सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिका संयोजक उद्दब बिष्ट, सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिका सदस्यहरु, यातायात व्यवसायी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

 आज बिहान  सुन्ताखान घट्ट बसपार्क बाट परिक्षणका रुपमा  गाडी संचालन गर्ने निर्णय भएको भए पनि  आज बाट सार्वजनिक यातायात संचालन भने हुन सकेन । उक्त भेलाले भोलि बाट भने परिक्षणका रुपमा बस सेवा संचालन गर्ने निर्णय भएको वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले जानकारी गराए ।  लामो समय देखि उक्त क्षेत्रमा बस सेवा संचालन नहुँदा स्थानीयबासी यातायातको क्षेत्रमा समस्या भोग्दै आएका  छन  । आजको उक्त भेलाले गोकर्णेश्वर ३ सुन्ताखान बाट बस संचालन गर्न उपभोक्ता र व्यवसायीकि साझा धारणा बनाएर नगरपालिकालाई  ध्यानाकर्षण गराउने निर्णय समेत भएको छ ।

पटक पटकको बैठक छलफल पश्चात आज  बिहान  सुन्ताखान घट्ट बसपार्क बाट  उपत्यका सिटि यातायात प्रालिका ५ वटा र सुन्दरीजल सिटि यातायातका १० वटा गाडी बाट परिक्षण सेवा संचालन गर्ने निर्णय गरेको  पनि उक्त निर्णय कार्यन्वयनमा नआउदा स्थानीयले दुख ब्यक्त गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।