जसको सुने पनि : निमेष नेवा ( गीत )
कपन अनलाइन
काठमाण्डौ ,पुस ९ ।
जसको सुने पनि रुचिप्रद हुन्छ तर्कहरु ।
कठै मेरै कुरा भनिरहेको हो कि झैं मर्महरु ।।
एकाध बार हैन कि भन्ने भान हुन्छ त्यो ।
नत्र हो नै भएर टुङ्गिन्छ सोभाविक छ त्यो ।।
थाहा छ केही बोलिरहे झैं मनकै दुःखहरु ।
जसको सुने पनि रुचिप्रद हुन्छ तर्कहरु ।।
हुन त हो पक्कै मुहार फेरिन्छ जसकै नी ।
तर उसबाट आएको भाव सुहाँउ नै ती ।।
कसैलाई धेरै कसैलाई थोरै मेल खान्छ बरु ।
जसको सुने पनि रुचिप्रद हुन्छ तर्कहरु ।।
सबैले त्यही उठाउँछ जो समस्याहरु छ ।
उसकै भैकन सबैको हुन्छ विस्मातहरु छ ।।
कोही चाहेर कोही नचाहेर स्विकारछ अरु ।
जसको सुने पनि रुचिप्रद हुन्छ तर्कहरु ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।